काठमाण्डाै, असार १३ । काठमाण्डाै उपत्यकासहित देशका अधिकांश पहाडी भेगमा रातभर वर्षा भएको छ। पछिल्लो ६ घण्टाको अवधिमा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र इलाम लगायतका स्थानमा हल्कादेखि मध्यम खालको वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षासँगै काठमाण्डौ उपत्यकाको बागमती, विष्णुमती र धोबीखोला तथा लमजुङको खुदीखोलामा रातिको समयमा बाढी आएको भए पनि अहिले पानीको बहाव कम भएको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभरका सबै प्रदेशहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।











