रुकुम पश्चिम, असार १८ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ। ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाको कारण घरायसी विवाद भएको खुलेको छ।

हत्या पछि चन्द्रबहादुर स्वयं चार किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक देविका र अभियुक्त चन्द्रबहादुरका दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस