दाङ, साउन १३ लोकप्रिय गायक अमर रोका मगर र गायिका मन्जु घर्ती मगरको संयुक्त स्वरमा नयाँ झ्याउरे लोकगीत ‘शिरमा शिरफूल छ’ सार्वजनिक भएको छ। उक्त गीतमा कलाकार बबिन, बसन्त, माया र खिमा मगरको आकर्षक अभिनय रहेको छ।

उक्त गीत युट्युबमार्फत सार्वजनिक भएकाे छ। मौलिक लोकशैलीमा आधारित गीतमा नेपाली पहिचान झल्किने शब्द, लय र नृत्य प्रस्तुत गरिएको छ। ‘शिरमा शिरफूल छ’ गीत विशेषगरी तीज, साउने महिनाको सांस्कृतिक अवसर तथा लोकपारम्परिक रमाइलो परिवेशका लागि सुहाउँदो रहेकाे छ।

गीतमा पहिरन, स्थान चयन र नृत्य शैलीले ग्रामीण सांस्कृतिक वातावरण झल्किएको छ। अमर रोका मगर र मन्जु घर्ती मगरको स्वर, तालमा सामञ्जस्य, भावमा प्रष्टता र प्रस्तुतिमा ऊर्जा रहेको देखिन्छ ।

गीत सार्वजनिक भएसँगै दर्शक–स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। सामाजिक सञ्जाल र युट्युब कमेन्टमार्फत दर्शकहरूले गीतको संगीत, अभिनय र छायांकनको प्रशंसा गरेका छन्।

 भिडियो सम्पूर्णरूपमा आकर्षक र व्यवस्थित देखिन्छ। अमर रोका मगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत छोटो समयमै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस