घोराही, साउन २२ । तेस्रो दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ घोराहीमा सुरु भएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा जिल्लाका ६० भन्दा बढी विद्यालय तथा डोजाङका पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।












