घोराही, साउन २७ । मुक्त कमलरीहरूको आर्थिक, सामाजिक तथा क्षमता विकासका लागि घोराही उपमहानगरपालिकाले विगतदेखि तय गर्दै आएको बजेट तथा कार्यक्रमबारे (अाज) मंगलबार घाेराहीमा समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ।

मंगलबार उपमहानगरपालिकाको कार्यालयमा भएको समिक्षात्मक छलफलमा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू, साथै मुक्त कमलरी विकास मञ्चका पदाधिकारीहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख चौधरीले स्थानीय सरकार गठनपछि हरेक वर्ष मुक्त कमलरीहरूको सर्वांगीण विकासका लागि नीति निर्माण गर्दै सोअनुसार बजेट र कार्यक्रम तय हुँदै आएको बताउनु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस