घोराही, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा दाङ महिला जेसीजले युवाका लागि “राम्रो स्वास्थ्य र कल्याणका लागि लागूऔषधविरुद्ध सचेतना” कार्यक्रम सम्पन्न गरेको छ।
दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा मङ्गलबार घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा कार्यक्रम सम्नन भएको हो।
विद्यार्थीहरूले लागूऔषधको हानिकारक असरबारे जान्ने अवसर पाएको बताएका थिए। प्रशिक्षक वसन्त पुनका अनुसार युवालाई योग्य, स्वस्थ र जिम्मेवार नागरिक बनाउन यस्तो सचेतना कार्यक्रम आवश्यक छ।
अध्यक्ष ढकालले युवा नेतृत्वलाई सशक्त बनाउन र दिगो विकास लक्ष्य अन्तर्गत राम्रो स्वास्थ्य तथा कल्याण प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयाे । कार्यक्रममा राप्ती शिक्षा क्याम्पस र ज्ञानसिन्धु कलेजका १२० भन्दा बढी विद्यार्थी सहभागी रहेकाे थियाे।
स्वास्थ्य संयोजक आकृति शर्माले स्वागत गरेकाे कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नु भएकाे थियाे भने उपाध्यक्ष दीपा पुनले आस्थापाठ गर्नु भएकाे थियाे।












