काठमाण्डौ, साउन ३१ । मनसुनी वायुको प्रभाव कम रहे पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

गएराति सुनसरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, तनहुँ, रुकुम पूर्व, बाजुरा, बझाङ, दार्चुलालगायतका ठाउँमा मध्यम वर्षा भयो ।

आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिमको पहाडी तथा तराई भागसहित केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोशी र सुदूरपश्चिमसहितका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । अस्तिदेखि मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस