जेठ २४, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा इंग्ल्याण्ड २१ रनले विजयी भएको छ। चेस्टर ली स्ट्रीटमा गएराति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

इंग्ल्याण्डका कप्तान जोस बटलरले सर्वाधिक ९६ रनको शानदार पारी खेले। वेस्ट इन्डिजका रोमारियो सेफार्डले दुई विकेट लिए।

१८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो। उसका लागि इभिन लुइसले सर्वाधिक ३९ रन बनाए। इंग्ल्याण्डका लियाम डसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।

यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ। दुवै देशबीच दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम टी–२० खेल मंगलबार हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस