घाेराही, २५ जेठ । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्राेदिन आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

दाङ महिला जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भरतमणि अर्यालकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि अर्यालले हरेक व्यक्तिले स्वस्थ जीवनशैली अपनाउँदै शारीरिक, मानसिक र सामाजिकरुपमा स्वस्थ रहन आग्रह गर्नुभयाे ।

कार्यक्रमका सहभागीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा. विकास गाैचनले प्रशिक्षण दिनुभएकाे थियाे । प्रशिक्षक डा. गाैचनले आधुनिक जीवनशैलीले स्वास्थ्यमा पारेका प्रभाव, स्वस्थ जीवनशैलीका लागि अपनाउनुपर्ने उपाय, मानसिक स्वास्थ्यमा देखापर्ने समस्या, लक्षण, मानसिकरुपमा स्वस्थ रहन अवलम्बन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियाे ।

कार्यक्रम संयाेजक जेसी दीपा पुनकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा जेसी सुलाेचना शर्माले आस्थापाठ र कार्यकारिणी उपाध्यक्ष जेसी आराधना सिंह ठकुरीले सप्ताहव्यापी कार्यक्रमहरुकाे जानकारी गराउनुभएकाे थियाे । कार्यक्रममा घाेराही चेम्बर अफ कमर्सका उपाध्यक्ष लक्ष्मी गिरी, एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेवा रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रमका सहभागीलाई अर्का कार्यकारिणी उपाध्यक्ष जेसी भिमा डिसीले धन्यवाद व्यक्त गर्नुभएको थियाे भने सहजीकरण महासचिव जेसी बसन्ती सुवेदीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस