घाेराही, २१ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले प्राथमिक तहकाे विज्ञान तथा गणित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।

मदन भण्डारी मेमोरियल स्कुल गुलरियामा भएकाे कक्षा ४ र ५ काे उक्त हाजिरी जवाफ प्रतियोगितामा भ्याली टप इङलिस बाेर्डिङ स्कुल प्रथम भएकाे छ । प्रतियोगितामा भ्याली टप इङलिस बाेर्डिङ स्कुलबाट सुजन ओली, आस्था बेल्बासे र जस्मिन परियारले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरि प्रतियाेगितामा राप्ती सेकेन्डरी बाेर्डिङ स्कुलका भावना बिक, समृद्धि थापा र कृष्ण गुप्ता द्वितीय भएका छन् । प्रतियाेगितामा ज्ञानसिन्धु एजुकेशनल एकेडेमीका सायन पाैडेल, प्रिन्शु अधिकारी र इशानी बुढाथोकी तृतीय भएका छन् भने युनिक मिड वेस्टर्न एकेडेमीका आयुशा चाैधरी, युनिका डाँगी र सुवर्ण सिजवाल सान्त्वना भएका छन् ।

घाेराही नगर प्याब्सनमा आवद्ध ५४ विद्यालयहरु सहभागी उक्त प्रतियोगिताकाे फाइनल चरणमा जनज्योति विद्यामन्दिर, भ्याली टप इङलिस बाेर्डिङ स्कुल, सिद्धार्थ एकेडेमी, राप्ती सेकेन्डरी बाेर्डिङ स्कुल, मेरील्याण्ड पव्लिक एकेडेमी प्रवेश गरेका थिए । यसैगरी प्रज्ञान एकेडेमी, ज्ञानसिन्धु एजुकेशनल एकेडेमी, गुरुकुल एकेडेमी, राजविद्या पाठशाला र युनिक मिड वेस्टर्न एकेडेमीले फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताकाे क्विज मास्टरकाे भूमिका पवन शर्माले निर्वाह गर्नुभएको थियाे ।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् शिक्षा तथा समन्वय एकाई दाङका प्रमुख धन बहादुर ओलीकाे प्रमुख आतिथ्यतामा  प्रतियोगिता भएकाे थियाे । प्रतियोगिताकाे उद्घाटन समाराेहमा प्रमुख अतिथि एकाई प्रमुख धन बहादुर ओली, प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द र मदन भण्डारी मेमाेरियल स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस