घाेराही, २३ चैत । घाेराहीकाे तुलसीपुर चाेकमा सञ्चालित पिरामिड एकेडेमीले एस्इइ २०८१ मा सहभागी विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । एस्इइ दिएर बसेका विद्यार्थीका लागि शनिबार घाेराहीमा आयाेजना गरिएकाे अभिमुखिकरण कार्यक्रममार्फत पिरामिडले आफ्ना कार्यक्रमहरुका बारेमा विद्यार्थीहरुलाई स्पष्ट पारेकाे छ ।
पिरामिड एकेडेमीका अध्यक्ष किशाेर लाेहनीकाे अध्यक्षतामा भएकाे अभिमुखिकरण कार्यक्रममा प्रवन्ध निर्देशक नवीन आचार्यले एकेडेमीले सञ्चालन गरेका कार्यक्रमहरुकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे । उक्त अवसरमा निर्देशक आचार्यले पिरामिड एकेडेमीकाे परिचय, स्थापनाकाे उद्देश्य, याेजना तथा ब्रिज काेर्षका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएकाे थियाे । उहाँले एकेडेमीले सञ्चालन गरेका विज्ञान, व्यवस्थापन, सिटिइभिटि, नर्सिङ, कम्प्युटर तथा शैक्षिक परामर्शका कक्षाहरुका बारेमा समेत जानकारी गराउनुभएकाे थियाे ।
अभिमुखिकरण कार्यक्रममा दङ्गाली जादुकर प्रभुराम चाैधरीले जादुका माध्यमबाट विद्यार्थीहरुलाई मनाेरञ्जन प्रदान गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा समाजसेवी भाेलानाथ याेगी, एकेडेमीका शिक्षकहरु राेमन अधिकारी, कृष्ण थापा, मधुकर धिताल र विद्यार्थी बन्धना अधिकारीले आ-आफ्ना धारणा राख्नुभएकाे थियाे ।
पिरामिड एकेडेमीका लेखा प्रमुख प्रेरणा गुप्ताकाे स्वागत मन्तव्यबाट सुरुभएकाे अभिमुखिकरण कार्यक्रमकाे सञ्चालन सञ्चालक समिति सदस्य मेघराज पाेख्रेलले गर्नुभएकाे थियाे ।













