देउखुरी, ३ जेठ । नेकपा एमाले दाङले मदन आश्रीत स्मृति दिवस दाङको लमहीमा मनाएको छ । लमही नगरपालिका–५ स्थित सहिद नेत्रलाल स्मृती भवन रातोडाँडामा आयोजित कार्यक्रममा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानलाई स्मरण गर्दै संगठन सुदृढीकरण र जबजको सिद्धान्तको महत्वमा जोड दिइएको छ ।

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवं नेकपा (एमाले) केन्द्रीय पोलिटब्युरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सचिव लक्षमण आचार्य लगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला कमिटी दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस