विमल भण्डारी
घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका वडा नम्बर १७ काे आयाेजनामा लागुऔषध दुर्वेसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन भएकाे छ ।
वडा नम्बर १७ का कार्यवाहक अध्यक्ष धनिराम चौधरीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीकाे प्रमुख आतिथ्यता तथा उपप्रमुख हुमाकुमारी डिसीकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख चाैधरीले लागुऔषध दुर्वेसनी नियन्त्रणमा घरपरिवार, टोल, वडा, नगरबासिहरुले आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मानव विकासका लागि लागुपदार्थ नियन्त्रणले नै महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अथिती घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले वडा नम्बर १७ ले चेतनामूलक कार्यक्रम पटकपटक गर्दै आइरहेकोले नागरिकलाई सचेत बनाउने काम गरेको बताउनुभयो । उहाँले लागुऔषध नियन्त्रण गरेमा मात्र समाज र राष्ट्र सुधार हुने बताउनुभयो ।
सचेतना कार्यक्रममा वडाका ५८ वटा टोल विकास संस्थाका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु र अन्य अगुवाहरुको उपस्थिति रहेकाे थियाे । उक्त सचेतना कार्यक्रमका प्रशिक्षकहरुमा लुम्बिनी प्रदेश नार्कोननका संयोजक वसन्त पुन र प्रहरी नायव निरिक्षक तुलबहादुर विक रहनुभएकाे थियाे ।
कार्यक्रमको सहजीकरण वडा नम्बर १७ का सचिव चाँदनी थापाले गर्नुभएको थियो ।












