जेठ १८, काठमाण्डाै— आइतबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँ पुगेको छ।
यसअघि, शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८८ हजार पाँच सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज सामान्य रूपमा वृद्धि भएको छ। चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय पचासी रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।












