जेठ १८, काठमाडौं — सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन र नियमन गर्ने नियमावली जारी गरेपछि व्यवसायीहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए।
दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायातसरह यात्रु ओसार्न दिँदा आफ्नो लगानी संकटमा परेको भन्दै व्यवसायीहरूले शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका थिए। उनीहरूले आइतबार माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन्।
सडक ढाकेर गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा यातायात आवागमन प्रभावित भएको थियो। त्यस्तै, नक्शाल–भाटभटेनी क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनले पनि थप अस्तव्यस्तता सिर्जना गरेको थियो।












