जेठ १८, काठमाडौं — राजसंस्था पुनःस्थापनासहित हिन्दू राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका राजसंस्था समर्थकहरूले धर्ना सुरु गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। थापा पक्राउ परेपछि आन्दोलनमा सहभागीहरूले बालुवाटार क्षेत्रमा धर्ना सुरु गरेका हुन्। प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्ने प्रयास गरेपछि कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

१५ जेठदेखि सुरु भएको आन्दोलन अन्तर्गत राजसंस्था समर्थकहरूले आइतबार पनि नारायणचौरबाट प्रदर्शन गरेका थिए। उनीहरूले राजसंस्थाको पुनःस्थापना र हिन्दू राज्य घोषणाको माग गर्दै आन्दोलन गरिरहेका छन्।

बालुवाटारमा प्रधानमन्त्री, सभामुख लगायत शीर्ष सरकारी पदाधिकारीहरूको निवास रहेको हुँदा सो क्षेत्रलाई सरकारले पहिले नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ। आजको प्रदर्शन पनि सोही क्षेत्रतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र उल्लंघन गर्न खोजिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस