जेठ १९, सोमबार – काठमाडौं
साेमबार पनि देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य प्रदेशहरूमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेका छन्। ती प्रभावका कारण केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ। तर, ठूलो पानी परी बाढी आउने सम्भावना भने नरहेको महाशाखाले स्पष्ट पारेको छ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मितिभन्दा १५ दिन अघि, गएको बिहीबार नै कोशी प्रदेशमा मनसुन प्रवेश गरिसकेको थियो। तर हालको स्थितिमा मनसुन केही दिनसम्म अघि नबढ्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल मनसुनको प्रभाव पनि कमजोर हुँदै गएको छ र कोशी प्रदेशमै स्थिर रहने सम्भावना देखिएको छ।












