काठमाडौँ, १९ जेठ । काठमाडौँको चक्रपथ तथा चक्रपथभित्रका विभिन्न स्थानहरूमा आगामी दुई महिनाका लागि प्रदर्शनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा, शान्ति सुरक्षा र यातायातमा अवरोध पुगेको जनाउँदै अनशन, धर्ना, जुलुस र सभा लगायतका विरोध कार्यक्रमहरू गर्न निषेध गरेको हो।
प्रशासनले प्रदर्शनका लागि बल्खु, सिफल चौर र कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्रलाई मात्र अनुमति दिने जानकारी दिएको छ।













