२० जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली फिर्ता लिने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगित गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार प्रदेश सरकारको निर्णयपछि व्यवसायीहरू आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।

गण्डकी प्रदेशले ल्याएको नियमावलीप्रति आपत्ति जनाउँदै साेमबार देखि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनकै क्रममा देशभर सडक सेवा प्रभावित भएपछि संघीय सरकारको उपस्थितिमा वार्ता भएको थियो।

गएराति सम्पन्न वार्तामा सहमति जुटेपछि तयार पारिएको सहमतिको मस्यौदा आज साँझ गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पठाइएको थियो।

उक्त सहमति अनुसार गण्डकी प्रदेश सरकारले नियमावलीलाई एक महिनाका लागि स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस