जेठ २३, काठमाडौँ – बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब ४ बजे सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीको कारणबारे स्पष्ट विवरण आउन बाँकी भए पनि ग्यास सिलिन्डर विस्फोट भएको आशंकामा प्रारम्भिक अनुसन्धान भइरहेको छ।
प्रहरी निरीक्षक देवबहादुर चौधरीले आगलागीका कारण मानवीय क्षति नभए पनि बजार क्षेत्रका करिब १२ देखि १५ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिनुभयो। आगो नियन्त्रणका लागि स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको छ।












