जेठ २४, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज आफ्ना घरको मठमा तुलसीको दल अर्थात् बीउ राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने परम्परा छ। यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ।

आज राखिएको बीउ एक महिनापछि असार शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। त्यस दिनदेखि कात्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजाआजा गरिन्छ। यही अवधिमा तुलसीलाई हुर्काएर भगवान् दामोदरसँग विवाह गरिने धार्मिक विश्वास छ।

चार महिनाको यो अवधि चतुर्मास का रूपमा चिनिन्छ। चतुर्मासमा स्नान, पूजा र दान गरेमा मनोकामना पूरा हुने धार्मिक मान्यता छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले उपयोगी औषधिका रूपमा लिइन्छ, जसको प्रयोग विभिन्न रोगको उपचारमा गरिन्छ। साथै, तुलसी अक्सिजन अधिक मात्रामा उत्सर्जन गर्ने वनस्पति भएकाले वैज्ञानिक दृष्टिले पनि लाभकारी मानिएको छ।

यस अवसरमा देशभरका नारायणस्थान तथा विष्णु मन्दिरहरूमा भक्तजनको भीड लाग्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस