घोराही, २४ जेठ। प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीको दाेस्राे बैठक शनिबार सम्पन्न भएकाे छ।

प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीका अध्यक्ष महेश बस्नेतकाे अध्यक्षता एवम् प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य एवम् दाङ र राेल्पा जिल्ला इञ्चार्ज दुर्गालाल केसीकाे प्रमुख आतिथ्यता तथा प्रेस चाैतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष सविन प्रियासनकाे विशिष्ट आतिथ्यतामा बैठक बसेकाे थियाे।

बैठकले प्रेस चाैतारी नेपाल दाङ र राेल्पा जिल्ला इञ्चार्जकाे जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य दुर्गालाल केसीलाई बधाई तथा सम्मान गरेकाे छ। यसैगरी बैठकले प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीकाे सल्लाहकारमा निवर्तमान जिल्ला सचिव किरण गाैतम, पूर्व जिल्ला सहसचिव आनन्द माेहन नमस्कार र पूर्व प्रेदश सदस्य शिव घर्तीलाई चयन गरेकाे छ। यसैगरी बैठकले प्रेस चाैतारी घाेराही नगर कार्यसमिति सदस्यमा साधारण सदस्य नवराज खत्रीलाई मनाेनित गरेकाे छ।

बैठकले असारमहिनाभित्र ‘किसानसँग चाैतारी’ कार्यक्रम गर्ने निर्णय गरेकाे छ। किसानका समस्यालाई सराेकारवालासमक्ष पुर्याइ समाधानकाे खाेजी गर्ने गरि उक्त कार्यक्रम गर्ने निर्णय गरिएकाे छ ।

नगर महिला उपाध्यक्ष हिमानी डिसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे बैठकका प्रमुख अतिथि दुर्गालाल केसीले संगठनलाई चलायमान बनाउन हरेक सदस्यहरु संगठनप्रति उत्तरदायी र क्रियाशील हुनुपर्ने बताउनुभयाे। पत्रकारहरुले आचारसंहिताभित्र रहेर आफ्नाे धर्म निभाउनुपर्ने भन्दै क्षमता विकास गर्न केन्द्रीय सदस्य केसीले सुझाउनु भयाे । चाैतारीका हरेक सदस्यहरुमा लेखन क्षमता भएकाले लेखनीमा निखारता ल्याउन पनि केसीले आग्रह गर्नुभयाे ।

बैठकलाई सम्बाेधन गर्दै प्रेस चाैतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले जनसरोकारका विषयमा संगठनका साथीहरुले कलम चलाउन आग्रह गर्नुभयाे। उहाँले आम नागरिकलाई सुसूचित गर्ने सवालमा सत्यतथ्य सूचनाहरु सम्प्रेषण गर्नुपर्ने बताउनुभयाे। भ्रामक सूचनाले समाजलाई गलत दिशानिर्देश गर्ने भएकाले सचेत रहन प्रियासनले सुझाउनु भयाे। उहाँले संगठनका गतिविधिले नै संगठनलाई थप परिस्कृत गर्ने भएकाले ठाेस याेजनासहित अगाडि बढ्न आग्रह गर्नुभयाे ।

प्रेस चाैतारी नेपाल दाङका सचिव निमु संगम घर्तीले संगठनमा पद धारण गर्ने मात्र नभइ संगठनका गतिविधिमा सहभागीता र क्रियाशीलता आवश्यक हुने भएकाले चाैतारीका गतिविधिमा हरेक सदस्यहरुकाे सक्रिय सहभागीता हुन जरुरी रहेकाे बताउनुभयाे।

बैठकमा उपस्थितहरुलाई नगर उपाध्यक्ष अनुप आचार्यले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने बैठककाे सहजीकरण नगर सचिव दिपक ओलीले गर्नु भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस