जेठ २५, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी रहेकाे प्रहरीले जनाएको छ । उनलाई गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे भए पनि उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गोल्टाकुरीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ४००९ नम्बरको बस बखरीयाको भीरमा दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हाे ।दुर्घटनामा परी घाइते भएका ३५ जना मध्ये ४ जनाको अवस्था गम्भीर, १५ जनाको मध्यम र बाँकीको अवस्था सामान्य रहेको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ।

घाइतेहरूमा महिला, बालबालिका र वृद्धहरू बढी छन्। धेरैजसो घाइतेहरू दंगीशरण गाउँपालिका–२ का स्थानीय बासिन्दा रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस