असार ०२, बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। क्लब विश्वकप इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो गोल अन्तरको जित हो।
यस जीतसँगै सन् २०२२ मा साउदी अरबको अल हिलालले अल जजिरामाथि गरेको ६–१ को जितको कीर्तिमान तोडिएको छ।
बायर्न म्युनिख रहेको समूहमा अर्जेन्टिनाको बोका जुनियर्स र पोर्चुगलको बेन्फिकासमेत रहेका छन्।












