प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श काठमाडौं, ६ असारM प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयdf परामर्श ug'{x'Fb} आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरु . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

काठमाडौँ, असार ७ । सरकारले जनप्रतिनिधि रिक्त रहेका क्षेत्रमा उपनिर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदमा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श भइरहेको छ।

आज (शनिबार) सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले भेट गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर–३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त पदहरू पूर्ति गर्न कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ। रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधनपछि पद रिक्त भएको हो। यस्तै, मनाङ क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य दीपक मनाङे पदमुक्त भएपछि सो पद रिक्त भएको हो। आयोगले असार १६ गतेभित्र मिति घोषणा गर्ने तयारी गरिरहेको छ।

त्यस्तै, स्थानीय तहमा १३ वटा वडाध्यक्षका पद रिक्त छन्। साथै, आगामी फागुनमा कार्यकाल समाप्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपति द्वारा मनोनीत गरिनेछ।

प्रधानमन्त्री ओलीले उपनिर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार सरकारबाट आवश्यक सहजीकरण र सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस