घाेराही, साउन ८। दाङको घोराही उपमहानगरपालिका–१३ स्थित भाइरल रोड नजिक एक महिलाले सालको रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन्। बिहीबार बिहान करिब ९:४० बजे उक्त घटना भएको बताइएको छ।
प्रहरीका अनुसार मृतक महिला रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–२, राङ्सी घर भई हाल घोराही बस्ने २८–२९ वर्षकी सिजमाया बाठा मगर रहेको खुलाइएको छ। घटना स्थलमा औषधि, मोबाइल र चप्पल भुइँमा राखेर उनी रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
बिहीबार बिहान करिब ९:४० बजे स्थानीयले रुखमा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको घोराही बसपार्क प्रहरी चौकीका इन्चार्ज भोजबहादुर थापाले जानकारी दिनुभयो।












