दाङ, साउन ८ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानमा शंका लागेका उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो।

आज दिउँसो करिब २ बजे तुलसीपुर–९ नयाँबस्तीबाट अन्दाजी ३० वर्षीय नन्दबहादुर खड्कालाई चेकजाँच गर्दा उनको साथबाट २५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

त्यसैगरी, हिजो साँझ करिब ५:४५ बजे तुलसीपुर–१७ बन्कट्टीमा शंका लागेर चेकजाँच गर्दा हेमन्तपुर–१८ निवासी २९ वर्षीय शंकर बस्नेतको साथबाट ४५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य रानाका अनुसार दुवैजनामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस