काठमाडौं, असार ११ । नेपाल प्रहरीका २२ कर्मचारी लामो समयदेखि गैरहाजिर रहँदै सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। ती कर्मचारीलाई सात दिनभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन भनिएको छ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम (२) अनुसार प्रक्रिया पूरा गरी कार्यालयले यसअघि नै सूचना टाँसेको थियो। तर, सो अवधिमा पनि ती कर्मचारी कार्यालयको सम्पर्कमा नआएपछि आइतबार पुनः सार्वजनिक सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सूचनामा भनिएको छ, “तपाईंहरू देहायका प्रहरी कर्मचारीहरू आफूखुशी गैरहाजिर रहेको अवस्थामा कार्यालयको सम्पर्कमा नआएकाले सात दिनभित्र गैरहाजिर हुनुको कारण स्पष्ट पार्दै कार्यालयमा उपस्थित हुन आउनुहोला।”

तोकेको समयसीमाभित्र हाजिर नभए प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) खण्ड (च) बमोजिम कसुर मानी, नियम १०९ को उपनियम (ख)(१) अनुसार सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस