घाेराही, १७ साउन । प्रेस चौतारी नेपाल दाङ शाखाले लुम्बिनी प्रदेशस्तरीय तीज विशेष कार्यक्रम भदौ ६ गते शुक्रबार घोराहीमा गर्ने निर्णय  गरेको छ।

प्रेस चौतारी दाङकी अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता एवम् प्रदेश सहइन्चार्ज गणेश आचार्यकाे प्रमुख आतिथ्यतामा शुक्रबार घाेराहीमा बसेकाे बैठकले तीज पर्व र महिला सशक्तीकरण विषयमा विशेष कार्यक्रम गर्ने निर्णय समेत गरेकाे छ । बैठकले उक्त कार्यक्रमका लागि शाखा अध्यक्ष सुधासुमन ढकालले कार्यगत्र प्रस्तुत गर्ने र रन्जिता शर्मा र रीता लामालाई टिप्पणीका लागि जिम्मेवारी दिइएको छ। बैठकले भदौ ६ गते नै प्रेस चौतारीमा आवद्ध महिलाहरुको भेला गर्ने निर्णय गरेकाे छ। त्यसकाे तयारीका लागि उपाध्यक्ष लक्ष्मी पाेख्रेललाई जिम्मेवारी दिइएकाे छ ।

यसैगरी बैठकले प्रेस चौतारी नेपाल दाङ शाखाको इतिहास समेट्‌ने गरी प्रकाशन गर्न लागिएको स्मारिकाको लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेत, सह इञ्चार्ज गणेश आचार्य, जिल्ला इन्चार्ज दुर्गालाल केसी र सल्लाहकार जेएन सागरलाई विषयवस्तु छनाैट र खोजी गर्ने जिम्मा दिएको छ। बैठकले आर्थिक संकलनका लागि शाखा अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्ष नक्ष्मी पोखेल, विमल योगी, कोषाध्यक्ष चन्द्रप्रकाश नेपाली, दशरथ घिमिरे, प्रेस चौतारी नेपाल घोराही नगर समितिका अध्यक्ष महेश बस्नेत, तुलसीपुर अध्यक्ष बसन्त परियार र लमही अध्यक्ष किशन भट्टराईलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

बैठकलाई प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज दुर्गालाल केसी, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, प्रचार विभाग प्रमुख संगित बस्याल, प्रेस चाैतारी दाङका सल्लाहकार जेएन सागरलगायतले सम्वाेधन गर्नुभएको थियो। प्रेस चौतारी नेपाल दाङकी उपाध्यक्ष लक्ष्मी पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस