दाङ, साउन २९ । रोल्पाकाे मुख्य सडक अवरुद्ध भएको छ । त्रिवेणी गाउँपालिका–२, दुईखोलीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार श्रावन २९ गते बिहान करिब ७ बजेर ५५ मिनेटको समयमा उक्त स्थानमा पहिरो खसेको थियाे । वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा घोराही–थबाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस