भरत वली

रोल्पा, भदौ ५ । रोल्पा नगरपालिकाले सम्पत्ति कर तथा भूमि–मालपोत कर सम्बन्धी सेवा अस्थायी रूपमा बन्द भएको जानकारी गराएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार संचितकोष व्यवस्थापन प्रणालीमा देखिएको समस्या समाधानका क्रममा महालेखा नियन्त्रकको कार्यालय, काठमाडौंले सुधार कार्य गरिरहेको हुँदा भदौ ५ गतेदेखि २५ गतेसम्मका लागि कर सम्बन्धी सेवा बन्द रहने भएको हो।

समस्या समाधान भएपछि सेवा नियमित रूपमा सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र थापा (घर्ती) र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभएको छ।

नगरपालिकाले असुविधा भएमा क्षमायाचना गर्दै नगरवासीलाई सहयोग र धैर्य गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस