घाेराही, भदाै ७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना छिमेकी राष्ट्रहरूले नेपाली भूमि प्रयोग गर्नु अनुचित हुने बताउनु भएकाे छ । घोराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अविभाज्य भाग भएको दोहोर्याउँदै कुनै पनि प्रयत्नलाई अस्वीकार्य ठहरिने बताउनु भयाे ।

उहाँका अनुसार सीमा विवाद केवल तथ्य र प्रमाणका आधारमै समाधान हुनसक्छ र सुगौली सन्धिअनुसारको सीमालाई नै नेपालले स्वीकार गर्नुपर्ने हुन्छ। उहाँले हालको सरकारले राजस्व वृद्धि, खर्च क्षमता, कानुन निर्माण र विकासका क्षेत्रमा अघिल्लाभन्दा प्रगति हासिल गरेको दाबी पनि गर्नु भयाे।

कार्यक्रममा पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन भदौ २१ देखि २३ गतेसम्म हुने जानकारी दिँदै त्यसमा राजनीतिक, संगठनात्मक र विधान संशोधनबारे छलफल हुने बताउनु भयाे। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने चर्चाबारे भने उहाँले त्यस्तो कदम उपयुक्त नहुने टिप्पणी गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस