काठमाण्डाै, भदाै ८ । नेपालमा झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन् । अर्थ मन्त्रालयको विवरण अनुसार एकै वर्षमा ७ लाख ७३ हजार २ सय १७ जना करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिनेकाे सङ्ख्या गएको असार मसान्तसम्म ६९ लाख ९९ हजार ३ सय ५० पुगेको हो ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको सङ्ख्या एकै वर्षमा २ लाख ८ हजार ४ सय ३० ले बढेर २० लाख ६० हजार ७ सय ५८ जना पुगेको छ । स्थायी लेखा नम्बर (डब्ल्यूप्यान) लिनेको सङ्ख्या २ हजार ५ सय ४२ ले बढेर ३५ हजार ८ सय ७० जना पुगेको छ । व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) एकै आर्थिक वर्षमा ६ लाख ५४ हजार १८ जनाले लिएका छन् । यसअनुसार कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४९ लाख २ हजार ७ सय २२ जना पुगेको तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस