भरत वली
रोल्पा, भदौ ८ । समुदाय प्रहरी–साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा सम्पूर्ण वडाका विद्यालयलाई समेट्ने गरी विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ ।
साेहि कार्यक्रम अन्तर्गत आज (आइतबार) राेल्पा लिबाङमा अबस्थित बाल कल्याण माध्यमिक विद्यालयमा इबर अपराध र लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी विषयमा प्र.ना.उ. बिरेन्द्रवीर विश्वकर्मा र प्रनि रोहितकुमार शाहीले प्रशिक्षण तथा सहजीकरण गर्नुभयो । उहाँहरूले डिजिटल युगमा सामाजिक सञ्जालको सही प्रयोग, साइबर सुरक्षाका उपाय तथा लागूपदार्थको दुरुपयोगले विद्यार्थीको भविष्यमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराउनु भयो । कार्यक्रममा प्र.ना.उ. बिरेन्द्रवीर विश्वकर्मा र प्रनि रोहितकुमार शाही प्रशिक्षक सहित बि.ब्य.स प्रतिनिधी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।












