काठमाण्डाै, भदाै १० । आज देशका पहाडी भागमा साधारण तथा बाँकी भागमा आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भाग तथा तराईका १/२ ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आज देशभर कतै पनि ठूलो पानी पर्ने सम्भावना छैन । राति कोशी, बागमती, गण्डकी र मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज ठूलो पानी नपरे पनि भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस