दाङ, भदौ १०। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाइएको विषयमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।

वडाध्यक्ष शाहले कानुनी प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाई कार्यवाहक तोकिएको भन्दै उक्त निर्णय बदर गरी पूर्ववत् जिम्मेवारीमा फर्काउन मागसहित भदौ ६ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।

सोमबार मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै घोराही उपमहानगरलाई कारण देखाऊ आदेश जारी गरेको हो । साथै, दुबै पक्षलाई भदौ १८ गते छलफलका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस