रोल्पा, भदौ ११ । इलाका प्रशासन कार्यालय घर्तीगाउँ, रोल्पामा नागरिकता र प्रमाणित सम्बन्धी सेवा तात्कालिक रूपमा बन्द भएको छ।

कार्यालयका प्रमुख २०८२ भदौ १० गतेदेखि सरुवा भई गएकाले नयाँ व्यवस्था नभएसम्म सेवा प्रवाह रोकिएको कार्यालयले जनाएको छ। सेवाग्राहीलाई यसबारे अवगत गराउन सूचना सार्वजनिक गरिएको इलाका प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

नयाँ व्यवस्था भएपछि मात्र नागरिकता र प्रमाणितसम्बन्धी सेवा पुनः सञ्चालन हुने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस