भरत वली

रोल्पा,  भदौ १३ । रोल्पामा सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजनामा, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार शिविर निरन्तर जारी छ ।

संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार भदौ ११ गतेदेखि १८ गतेसम्म विभिन्न गाउँपालिकामा शिविर सञ्चालन गर्ने तालिका तय भएको छ ।

यसक्रममा भदौ ११ गते सुनछहरी गाउँपालिका–१, सेरममा, भदौ १२ गते सुनछहरी गाउँपालिका–५, पोबाङमा, र आज भदौ १३ गते लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा आँखा परीक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

जुतुङखोलामा सम्पन्न आजको कार्यक्रममा ८७ जनाको आँखा परीक्षण गरिएकोमा १८ जनामा मोतियाविन्दु फेला परेको छ । उनीहरूको भदौ २० गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा निःशुल्क तथा सहुलियत शुल्कमा शल्यक्रिया गरिनेछ भन्ने जानकारी केन्द्र प्रमुख केशर डाँगीले दिनुभएको छ ।

अबका कार्यक्रम यसप्रकार रहनेछन् :
भदौ १४ गते – सुनिलस्मृति गाउँपालिका–१, धुम्पाकी ।
भदौ १५ गते – लुङ्ग्री गाउँपालिका–७, हार्जङ छहरेखुङ ।
भदौ १६ गते – लुङ्ग्री गाउँपालिका–६, गुम्चाल ।
भदौ १७ गते – लुङ्ग्री गाउँपालिका–५, किलाचौर ।
र भदौ १८ गते – सुनिलस्मृति गाउँपालिका–५, काभ्रामा शिविर सञ्चालन हुनेछ ।

शिविर विशेषगरी ४० वर्षभन्दा माथिका उमेर समूहका बिरामीका लागि उपयोगी हुने जनाइएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता हुने र छनोट भएका बिरामीको शल्यक्रिया आगामी भदौ २० र २१ गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा प्राध्यापकस्तरका नेत्ररोग विशेषज्ञद्वारा गरिनेछ ।

अत्याधुनिक Phaco प्रविधिमा शल्यक्रिया गराएमा ५० प्रतिशत सहुलियत दरमा हुने र SICS प्रविधि अर्थात् हातबाट हुने शल्यक्रिया भने पूर्ण निःशुल्क हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस