रोल्पा, भदौ १४ । ‘हावा पछिको महत्वपूर्ण वस्तु पानी हो, थोपा–थोपा सदुपयोग गरौँ’ भन्ने नाराका साथ रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैठौँ अधिवेशन तथा दोस्रो साधारण सभा हिजो लिबाङमा उद्घाटन सम्पन्न भएको छ।

निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार, निर्वाचन प्रक्रिया ११ भदौदेखि सुरु भई अधिकांश चरण सफलतापूर्वक सम्पन्न भइसकेको छ। प्रारम्भिक मतदाताको नामावली, दाबी–विरोध प्रक्रिया, अन्तिम नामावली प्रकाशन र उम्मेदवारको मनोनयन दर्ता सबै तय समयअनुसार सम्पन्न भइसकेको छ।

आज, १४ भदौ बिहान साढे सात बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। यसअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य पदका उम्मेदवारको अन्तिम सूची तयार भइसकेको छ।

अब बाँकी कार्यमा आज बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म मतदान, मतदान सकिएलगत्तै साँझ ६ बजेदेखि मतगणना र नतिजा सार्वजनिक गर्ने प्रक्रिया रहेको छ। विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण भने भदौ १५ गते बिहान ८ बजे गरिने तालिका तय गरिएको छ।

निर्वाचन समितिले सबै सरोकारवालालाई समयमै उपस्थित भएर प्रक्रिया पालन गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस