दाङ, भदाै १४ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। यस अधिवेशनबाट संगठनको नयाँ कमिटी चयन भएको समेत गरीएकाे छ।

अाजकाे अधिबेशनबाट संगठनमा नयाँ अध्यक्ष दिपक बुढाथोकी, उपाध्यक्ष कामी राम्जा (केशव), सचिव प्रकाश भण्डारी, सहसचिवहुकुम शर्मा, कोषाध्यक्ष खिमबहादुर डाँगी लगाएत अन्य १६ जना सदस्यहरू चयन गरिएकाे छ । नव जिम्मेवार पदादिकारीहरूले आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाउने विश्वास व्यक्त गरेका छन ।

उक्त अधिवेशनबाट नयाँ टीमसँग दाङ जिल्लाभरि यातायात क्षेत्रको विकास र समस्याहरूको समाधानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। नयाँ कमिटीले संगठनको लक्ष्य पूरा गर्दै दाङ जिल्लामा यातायात क्षेत्रको समृद्धि र समस्याहरूको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा समेत रहेकाे उपस्थित सहभागिहरूले गरेकाे बताएका छन।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस