दाङ, भदाै १८ । दाङका स्थानीय तहबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा घोराही उपमहानगरपालिका दोस्रो स्थानमा परेको छ ।

जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका ३६ दशमलब ३३ अंकसहित दोस्रो स्थानमा आएको हो ।

लिजा र एफआरए, पूँजीगत खर्चको प्रतिशत, वित्तीय अनुशासन तथा प्रस्तुतिकरणलाई आधार मानेर गरिएको मूल्याङ्कनमा घोराही उपमहानगरपालिकाले ३६ दशमलब ३३ अंक प्राप्त गरेको हो । सोही मूल्याङ्कनमा राप्ती गाउँपालिकाले ५० पूर्णाङ्कमध्ये ४० दशमलब ५ अंकसहित प्रथम स्थान हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस