दाङ, भदौ २३ । दाङको तुलसीपुरमा बिजया दशमीको अवसरमा खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। फेलोसिप ट्रेनिङ सेन्टर, तुलसीपुर–५ को आयोजना तथा दाङ स्पोर्ट्स युनिभर्सको व्यवस्थापनमा प्रतियोगिता आगामी असोज ५ गतेदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन्।

भलिबल खेलको विकास र पूर्व खेलाडीलाई खेलसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विजेताले खसी पुरस्कारको रूपमा प्राप्त गर्नेछन् भने उपविजेताले बोका पुरस्कार पाउने फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरीले जानकारी दिए।

दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीको उमेर ३५ वर्षमाथि हुनुपर्नेछ। दाङ, सल्यान, रोल्पा, रुकुम लगायतका जिल्लाबाट करिब १२ वा बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागिता जनाउन टिम दर्ता असोज ४ गते दिउँसो ४ बजेसम्म गर्नुपर्नेछ भने सोही दिन बेलुकी ५ बजे अन्तिम टाईसिट प्रकाशित गरिने आयोजकले जनाएका छन्। टिम दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस