काठमाण्डौ, भदाै २४ । विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन माग गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बिहान बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

बैठकले आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ । बैठकपछि माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले युवाहरूको माग जायज रहेको र प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध रहेको बताउनुभयो । युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस