काठमाडौ, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो।

जेन- जीको माग अनुसार संसद् विघटन गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको हो ।

आजै राति ९ बजे पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुहुने छ । शपथलगत्तै मन्त्रिपरिषद् गठन हुने भएको छ ।

जेन-जी आन्दोलन चर्केपछि गएको मङ्गलवार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

अब कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाबाट मुलुकलाई निकास दिँदै आगामी निर्वाचन सम्पन्न गरेपछि निर्वाचित जनप्रतिनिधिलाई सत्ताको बागडोर हस्तान्तरण गर्ने जिम्मेवारी वहन गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस