दाङ, भदौ २८ । Gen Z को आह्वानमा दाङका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन हिंसात्मक र ध्वंसात्मक रूप लिन थालेपछि प्रशासनले आज पनि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्वारा जारी गरिएको आदेशअनुसार घोराही, तुलसीपुर र लमहीका मुख्य बजार क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) अनुसार जारी गरिएको उक्त आदेश आज (भदौ २८) विहान १० बजे देखि साँझ ६ बजेसम्म लागू हुने छ।

प्रशासनका अनुसार पछिल्लो दिनमा भएको आन्दोलनमा सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय र व्यक्तिको सम्पत्तिमा तोडफोड तथा आगजनीजस्ता घटना भएकाले जनजीवन सहज बनाउन निषेधाज्ञा आवश्यक भएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस