दाङ, भदौ २९ । दाङ जिल्ला अदालत, घोराहीले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै अदालतबाट प्रदान गरिने सेवासम्बन्धी कार्यहरूबारे सूचना जारी गरेको छ।

अदालतको भदौ २९ गते बसेको पूर्ण बैठकले उक्त सुचना जारी गरेकाे हाे । भदौ ३० गतेदेखि पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जी समर्थन, कल डिटेल अनुमति, म्याद थप, अभियोगपत्र दर्ता तथा थुनछेक आदेश, बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता तथा सुनुवाइ लगाएतका कार्यहरू सञ्चालन गर्ने भएकाे छ ।

त्यस्तै भदौ २४ गतेदेखि उपस्थित हुन नसकेका म्याद, हदम्याद, तारेख तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५९, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२५ तथा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासको आदेश ०७९–RE–०३९२ अनुसार बाटोको म्याद बाहेक ३० दिनभित्र अदालतमा उपस्थित भई म्याद तारेख थाम्ने कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।

अदालतले अन्य कार्यहरूको सञ्चालनबारे पुनः अर्को सूचना जारी गर्ने जनाएको छ र सेवाग्राहीहरूमा परेको असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस