तस्बिर : सडक डिभिजन भरतपुर चितवन

काठमाण्डौ, असाेज १ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ । चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै हिजो बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर गएराति एकतर्फी खुलेकाे सडक बिहान सवा ८ बजेदेखि दुईतर्फी नै खुलेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

गएरातिदेखि सडकमा रोकिएका गाडीहरुलाई आफ्नो लेन अनुशासनमा रहेर चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस