काठमाडौं, असाेज १ । जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकहरूलाई बिना बिल सुनचाँदीका गरगहना तथा अन्य मूल्यवान् सामान किनबेच नगर्न आग्रह गरेको छ।
भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा राजधानी लगाएत बिभिन्न ठाउँहरूका सरकारी निकाय, बैंक, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत घर तथा भवनहरूमा आगजनी, तोडफोड र चोरीजस्ता घटना भएको प्रहरीले जनाएको छ। लुटिएका गरगहना तथा सामानहरू सुनचाँदी पसलमा ल्याइने सम्भावना रहेकाले सचेत रहन जनतालाई अनुरोध गरिएको हो।
सँकास्पद लाग्ने वस्तु भेटिएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ। बिना बिल सामान किनबेच गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।

