राेल्पा, असाेज २ । नेपालीहरुको महान् चाडपर्व—बडादशैँ, शुभ तिहार र छठ—को अवसरमा रोल्पास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले “पर्वोत्सव सुपथ मूल्य पसल” सञ्चालनमा अाएकाे छ। यो पसल भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म खुला रहने बताइएकाे छ।

यस अवधिमा पसलमा बिक्री हुने सबै खाद्यान्नमा साविक मूल्यबाट प्रति केजी पाँच रुपैयाँ छुट दिइनेछ। कम्पनीले उपभोक्ताहरूको अधिकतम लाभ सुनिश्चित गर्न, एक जनाले एकपटकमा दुई बोरा अर्थात् ५० केजीसम्म मात्र खाद्यान्न खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ।

उपलब्ध खाद्यान्न र छुट पछिका मूल्य अरुवा मोटा चामल रु १,४२५, अरुवा मध्यम चामल रु १,४७५, सोना मन्सुली चामल रु १,४७५, र स्टिम जिरा मसिनो चामल रु २,१२५ रहेका छन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार यी पसलमार्फत उपभोक्ताले विभिन्न खाद्यान्नमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।

साेहि अनुसार रोल्पा जिल्लाका विभिन्न ठाउँहरूः पतलाचौर (परिवर्तन गाउँपालिका), घर्तीगाउँ (माडी), सुलीचौर र बडाचौर लगाएतका क्षेत्रमा खरिद–बिक्री केन्द्रमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्यएकाे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस