घोराही, ३ असाेज । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको आयोजनामा संविधान दिवस २०८२ शुक्रवार घाेराहीमा सम्पन्न भएको छ।
शुक्रवार सम्पन्न उक्त कार्यक्रम कमिटीका अध्यक्ष तारा पुरीकाे अध्यक्षता तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला कमिटी इन्चार्ज नरुलाल चौधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अन्य अतिथिहरूमा पार्टी केन्द्रीय सदस्य मेनका पोखरेल, घोराही उप–महानगरपालिकाकी उपप्रमुख हुमा डी.सी., दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिवालय सदस्य बिबेक श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियो।

कार्यक्रममा नेकपा (एमाले)का नेताहरूले संविधान दिवसको महत्वबारे धारणा राख्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष बुद्धिराम बुढामगरले दिनुभयो भने सञ्चालन सचिव अशोक चौधरीले गर्नुभएको थियो।













